Sajjan Raj Vaidya
Lukaamaari
[Lyrics for "Sajjan Raj Vaidya - Lukaamaari"]

[Verse 1]
मायालु खै क भनु
लुकामारी खेल्छन् मेरा
बोली सबै लजाउदै
ती आँखा ले जिस्काउदा
बयान म कति गरु
ओइलिएलान् शब्दहरु
यी ओठ ले ती ओठलाई
रंगाएर भन्छु बरु

[Chorus]
मायालु तिमीलाई माया गर्छु
तिमीसंगै बाची अब
तिमी संगै मर्छु

[Verse 2]
माया तिमीनै भन न
कहाँबाट ल्याउनु अब
उपमा म नयाँ-नयाँ
तिमीलाई बुझाउन
बयान म जति गर्छु
आपग छन् लबजहरु
यी आँखा ले ती आँखामा
नियालेर भन्छु बरु
[Chorus]
मायालु, तिमीलाई माया गर्छु
तिमीसंगै बाची अब
तिमी संगै मर्छु

[Bridge]
सुस्तरी-सुस्तरी, बिलाई जाउ म पनि
मेरा भोलि सरि, तिमीमै
सुस्तरी-सुस्तरी, बिलाई जाउ म पनि
मेरा भोलि सरि, तिमीमै
सुस्तरी-सुस्तरी, बिलाई जाउ म पनि
मेरा भोलि सरि, तिमीमै

[Pre-Chorus]
बोली त बोली न हो
तर कहिलेकाहीं
तेही बोलीमै
भनीदेऊ मलाई

[Chorus]
मायालु तिमीलाई माया गर्छु
तिमी भेट्न बाची बसे
तिमी संगै मर्छु