Bartika Eam Rai
Si Ma Na
[Verse 1]
उड्ने रहर उसको कल्पनाभरि
दिन-रात-साल सपनाभरि
बनेर चरी आकाशै-आकाश डुल्ने
जमीनमै सिमित भए म सधैं हू पानी
सिमाना कोरी सपना खोस्ने
जिउँदै यो आत्माको यहाँ औकाद तोक्ने
ऊ कति सक्षम छ, असक्षम कति
उसको क्षमताको अन्दाजी गर्न हौ को तिमी?

[Bridge]
बगिजाने सिमाना, पग्लीजाने सिमाना
उडिजाने सिमाना, मेटीजाने सिमाना
बगिजाने सिमाना, पग्लीजाने सिमाना
उडिजाने सिमाना, मेटीजाने सिमाना

[Verse 2]
उडिजाने माटो, बगिजाने पानी
चलिरहेको मुटुलाई कागजमा बाँधी
कहाँको अधिकारले कसको लागि बनायौं

[Outro]
सि—मा—ना
सि—मा—ना