Bartika Eam Rai
Baaki
[Verse 1]
Cinema धेरै हेर्ने गर्छु
एक्लो जुन देख्यो कि गाउन मन लाग्ने
सङ्गीत बेसी सुनेर हो कि
पानी पर्यो कि भिज्न मन लाग्ने

[Chorus]
भावना प्रदर्शन गर्न सक्ने
साहसी म धेरै मान्छे हैन
सक्किसकेको यो जिन्दगीमा
तिमी आयौ काहाँदेखि

[Verse 2]
के सही, के गलत हो?
फुस्रो गणितमा यसै फसेको थिए
दुई प्रतिशत पनि तल-माथि नहोस्
भविष्य खै के मैले सोचेको थिए
पुराना संसारबाट भागेको थिए
अनि, ओई साथी सोचेजस्तै भयो के तेरो जीन्दगी

[Chorus]
भावना सबै लुकाइसकेको
साहसी म धेरै मान्छे हैन
सक्किसकेको यो जिन्दगीमा
तिमी आयौ काहाँदेखि
[Instrumental]

[Verse 3]
म सक्दिन, संसारसित हारेको थिए
म केही हैन संसारलाई विश्वास गरे
आफूदेखी आफूलाई बचाउन कहाँबाट
आफूसँग आफूलाई भेटाउन कहाँबाट
सक्किसकेको यो जिन्दगीमा
तिमी आयौ काहाँदेखि
बाँकि जेजति जिन्दगी छ
मेरो भागको सारा खुशी तिम्रै निम्ती