Bartika Eam Rai
Timi Ra, Ma
[Chorus]
शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
मेरो याद कति आयो होला
दशैंको बासनालाई बतासले बगाउंदा
मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
निदरीसंग बिनती गर्यौ होला

[Verse]
आशाको झोला बोकी, शहरभरि जताततै
कति दिन पर्खिबस्यौ होला?
यहां पनि चारैतिर शून्यता
आशाले निथ्रुक्कै भिजेको छ
गुम्सिएको रहरहरु सांचेर तिमी, अझै पनि हांस्दैछौ अरे
निस्सासिएको सपना लुकाएर, अझै पनि तिमी बांच्दैछौ अरे
रित्तिएको छ भावना भनेर
आफूसंगै झुटो बोल्छौ होला
चाहनाहरु बांधेर, झुटो चित्र कोरेर
मनले मनलाई फकायौ अरे
यहां पनि समयको कोलाहलमा
दुनियासंगै रित्तिईंदैछ

[Chorus]
शिशिरमा हुरी चल्दा, आंगनीमा बसेर
मेरो याद कति आयो होला
दशैंको बासनालाई बतासले बगाउंदा, मलाई कति सम्झ्यौ होला
सपनाबाट बिउझिएर, आंखाभरि आंसु बोकी
निदरीसंग बिनती गर्यौ होला