Bartika Eam Rai
Umer
[Chorus]
लेख्छु चिट्ठीमा चिट्ठी तिमीलाई
आरामै होलाउ, आरामै होलाउ
भन्छु मेरै एकोहोरो दैनिकी
आकाशको रङ्गसँगै

[Verse 1]
तिमी उडि गयाै स्वप्नसरि नहेरी
नफर्की कहिले पनि बाटैबाटो लाग्यौ
सोध्न भने केहि सकिनँ, भन्न पनि केही सकिनँ
आज खै को भयाै तिमी?
आज खै को भएँ म?

[Verse 2]
चारैतिर नियाली हेर्छु अहिले पनि
तिमीसँगै हुँदा त हो नि आफूलाई अलि बेसि चिनेको
सोध्ने गर्छु आज पनि
उही प्रस्न उमेरको हिसाबमा आफूमै हराएछु हेर न
उकालै उकालो, उकालै उकालो छ
अनि ओरालै ओरालो-ओरालै ओरालो छ
कहाँ छ सन्तुलन
आऊ देखाऊ तिमी मलाई?
एकचोटि फेरि भनेँ हाम्रो भेट त होला
जो भए नि तिमी, जो भए नि म

[Bridge]
बुझ्दैनन् भावना प्रगाढ हुन्छन् कहिले
यादहरु पल्लो कोठामै जमातमा बसेकै छन्
गर्जिँदै छन बाडी यहाँ नदीमा तैरिनु त छँदैछ
[Chorus]
चिट्ठीमा चिट्ठी तिमीलाई
आरामै होलाउ, आरामै होलाउ
भन्छु मेरै एकोहोरो दैनिकी
आकाशको रङ्गसँगै