Bartika Eam Rai
Khushi (Timro Laagi)
[Verse 1]
हो, सोचेको जस्तो त भएन यो जुनी
बितायौ कति चिसा सांझहरु
त्यही डेराको पुरानो कोठामा
खोजीहिंड्यौ कति आफैलाई
यथार्थले त हामी सबैलाई
जिस्काउनु जिस्काएकै हो नि
तर पनि हांसी हांसी
जीवनभरि डटेर लड्यौ
शहरमा बितायौ कति रित्तो रात
रहर भुलाई अरुकै निम्ति

[Chorus]
तिमी मेरो केवल न्यानो सम्झनामा
तिम्रा कथाहरु खुशी बाड्दै भन्नेछु म
तिमी जहां छौ त्यहां होस् सधैं
यही चांदनीको प्रकाश
यही सूर्यको माया, तारा हुन्
तिम्रै आकाशभरि चाकमन्न
तिम्रो लागि सधैं, सबै, खुशी
तिम्रो लागि सधैं, सबै, खुशी

[Verse 2]
शुरुवात त तिम्रो अरु सबैको
त्यही बिन्दुबाट भयो
मात्र पुगेछन् आज अरु
धेरै धेरै अगाडि
तिमी भने आफ्नो मनलाई
पछ्याउंदै लाग्यौ आफ्नै बाटो
आज ऊ सफल रे तिमी असफल रे
सफलता असफलता खै कसले बुझ्याछ?
तिम्रो एकोहोरो संघर्षलाई
समाजले नदेखे नि मैले देख्याछु
[Chorus]
तिमी मेरो केवल न्यानो सम्झनामा
तिम्रा कथाहरु खुशी बाड्दै भन्नेछु म
तिमी जहां छौ त्यहां होस् सधैं
यही चांदनीको प्रकाश
यही सूर्यको माया, तारा हुन्
तिम्रै आकाशभरि चाकमन्न
तिम्रो लागि सधैं, सबै खुशी
साथी, तिम्रो लागि सधैं, सबै खुशी