Bartika Eam Rai
K Hunthyo Hola Hami Sangai Bhayeko Bhaye?
[Verse 1]
हामी हुनेछौँ सँगै अन्त्यमा, रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी
यहाँ छैनन् अरू कोही, मात्र यही जुनकिरी चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुशी
यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि
यही, यही नै हो अन्त्य, थाहा छ हामीलाई, तैपनि खुशी छौँ हामी दुई
यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि

[Chorus]
के हुन्थ्यो होला हामी सँगै भएको भए?
यस्तै नै कुरा मैले कति सोची बसेँ
अफसोस गर्ने मान्छे म कहिले बनेछु?
यस्तै नै कुरा कति मैले सोची बसेछु, तर

[Verse 2]
तिमीलाई मन पर्ने गीत म सुन्दिन
हामीले सँगै हेरको movie म हेर्दिन
तिमीलाई मन पर्ने किताब मैले साटिसकेको छु
तिम्रो शहरमा म झुक्केर नि आउँदिन

[Verse 3]
सक्ने भए बनाइदिन्थेँ तिम्रो लागि एउटा शहर
हुँदैन थियौ कहिल्यै एक्लो तिमी
डम, डम, डम, डम
तिमीलाई माया गर्ने सबैजना समेटी
हुँदैन थियौ कहिल्यै एक्लो तिमी
[Chorus]
के हुन्थ्यो होला हामी सँगै भएको भए?
यस्तै नै कुरा मैले कति सोची बसेँ
अफसोस गर्ने मान्छे म कहिले बनेछु?
यस्तै नै कुरा मैले कति सोची बसेछु

[Outro]
Ooh, हामी हुनेछौँ सँगै अन्त्यमा, रोज्नेछौ तिमीले मलाई, रोज्नेछु मैले तिमी
यहाँ छैनन् अरू कोही, मात्र यही जुनकिरी चारैतिर मध्यरात हुन्छ सबैभन्दा खुशी
यही, यही नै हो अर्को जुनी, म तिम्रो, मेरो तिमी मायाका गीतसरि