Bartika Eam Rai
Sochchau K Mero Bare?
[Intro]
यो हल्ला, भीड, झिलिमिली
यो सबै सक्किन्छ नि? अनि?
सबै सक्किसकेपछि एक्लै बस्दा
के सोच्छौ तिमी? कसको बारे सोच्छौ तिमी?
के मेरो बारे कैले सोच्छौ तिमी?

[Verse 1]
नबोलेको धेरै भयो
मनमा सम्झी नै रहे
तिमी एक्लै हुँदा कैले
"सोच्छौ के मेरो बारे?"
के दुख्छ तिम्रो मुटु?
झरीमा म बिना रुझ्दा
महसुस हुन्छ के एक्लोपना
चन्द्रमा नभा'को रातमा?

[Chorus]
तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
संसारभरि, वरिपरी
तैरने हो कसो गरि?

[Post-Chorus]
हुन्छ भोलि के?
आज यहि हो
दुनिया त घुमी नै रहन्छ
आउने जुनी मा तिम्रो र मेरो
के संगै लेखेको नाउँ छ?
[Verse 2]
तिम्रो आवाज अहिले पनि
गुन्जीरहेछ यहि कहिँ
भन्छौ, "सय सालपछिसम्म हुनेछौं साथ हामी"
केही, कति, कसैगरि
मलाई महसुस गर्छौ तिमी
यति नै भरोसा राखी
बाँचीरहेछु म पनि

[Chorus]
तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
संसारभरि, वरिपरी
तैरने हो कसोगरि?

[Post-Chorus]
सय साल पछि? सय साल अघि?
बाँचाहरु बेमतलब रहेछ
रित्तोलाई तैरन कमसेकम एउटा भरि चाहिन्छ

[Bridge]
"कस्तो छौ?" सोध्न चाहे
बोली मेरा हराईगए
तिमी एक्लै हुँदा कैले
"सोच्छौ के मेरो बारे?"
[Chorus]
तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु

[Interlude]
यो हल्ला/ भीड/ झिलिमिली;
यो सबै सक्किन्छ नि? अनि?
सबै सक्किसकेपछि एक्लै बस्दा
के सोच्छौ तिमी? कसको बारे सोच्छौ तिमी?
के मेरो बारे कैले सोच्छौ तिमी?

[Outro]
तिमी खाली, म खाली
दुई रित्तो आत्माहरु
तिमी खाली, म खाली
तिमी खाली, म खाली